Thursday, July 3, 2014

From Raja Puniani's FB status

बुधवारे बादलु साँझ.
 

जङ्गललाई चिर्दै दोब्रिएको सुकनाको बाटै-बाटो सँगै हिँड़ाउँदै मेरो घरको टेबलसम्म ल्याएँ उनलाई. किताबी पानाहरूमा चेप्टिएका उनका शब्दहरू भुइँमा पोखुँ-पोखुँ हुँदैथिए. 

सबैले (एकांशले साँच्चै भुलिएर र एकांशले भुलिएको षड़्यन्त्र गरेर) भुलिएको दार्जीलिङे कवि-गीतकार नोर्देन रुम्बा अहिले मेरो टेबलमा विश्रामरत छन्. कविको भौतिक अस्तित्व बिलिएर गएपनि कसरी उसका कविताहरूबाट बोलिरहेको, हेरिरहेको र बाँचिरहेको हुन्छ- त्यो सोच्दैछु. सन् २००६-मा वसुधा प्रकाशन, दार्जीलिङ-ले रूम्बाको मरणोप्रान्त छापेको किताबको खोलमा रूम्बाका बोलुँ-बोलुँ लाग्ने फर्साइला अनुहारहरू देख्दा लाग्यो- रूम्बा-लाई बिलाउनु दिनु हुँदैन.
 

आज बिहानमात्र कवि Manoj Bogati चिया खाँदै भन्दैथिए, "मैले नोर्देन रुम्बा ल्याएँ नि. आम्मामा, बोल्ड कवि रैछ नि हौ." मैले भनेँ, "साइड लगाइयो नि योजनाबद्ध तरिकामा." अकादमीय सिंडिकेटको चलाकी र स्थापनाको नियोजित उद्देश्यले ओझेल पारिएका सर्जकहरू रूम्बालगायत विकास गोतामे, जीवन थीङहरूमाथि केही मिहिन काम गरौँ भन्ने सामूहिक चिन्ता बोकेर मनोज कालेबुङ लागेको छ. म सुकनामै छु. सेतो, रातो, हरियो, नीलो, कालो नाट्यमखुण्डा लगाइएका कविछायाँहरू मेरो चेतनाको मैदानमा केही भन्दैछन् जस्तो मानसिक अवस्थामा म.
 

स्पष्टवादी, लोकप्रिय र निर्भयी सर्जक नोर्देन रूम्बालाई दार्जीलिङको कुनै प्रेसमा छापिएपछि नलगिएर अनाथिएर लड़िरहेको किताबी राशबाट उठाएर मसम्म ल्याइदिनुहुने प्रिय भाइ योगेश महिमा -लाई मैले निकै बेरसम्म हेरेँ. उनी चढ़ेको गाड़ी निक्कै जोड़ले हाँक्किएको छ-छ.