Norden Rumba Lyrics Book

Norden Rumba Lyrics.

----

    फूललाई सोधेँ कहाँ गयो
    मेरा सबै रात
    बाँच्न चाहने मान्छे /Bachna Chahane Maanchhe!
    बादलुको दरबारमा/Badalu ko Durbar Maa....
    नयाँ नयाँ घाम को किरण  /Naya Naya Gham ko Kiran
    हरर बरर Harara Barara
    म त भाग्दिनँ Ma Ta Bhagdina
    नव रंग Nawaranga
    पिलाउ सुलेमी Pilaau Sulemi
     ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर
    कसैले सोधे/ Nepathya



1. फूललाई सोधेँ कहाँ गयो
फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजि हिँड्नुपर्दा
भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तिनिर भनी
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा कसलाई होला बुझ्नै सकिन मैले
वित्यो युग यहाँ पर्खेको अझ छैन फर्केको
फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
शब्द - नरदेन रुम्वा
स्वर - अरुणा लामा
संगीत - कर्म योञ्जन
अरुणालामाका स्वर

2. मेरा सबै रात
Music : Chandan Lomjel
Lyrics: Norden Rumba
Singer: Narayan Gopal

 मेरा सबै रात अब  मातहरु भए
जिन्दगी नै नबुझ्ने बातहरु भए
आँफैलाई राखने यहाँ कुनै ठाउँ भएन
सारा रात बेहोशिका बारातहरु भए
सधैं यो सडक मा म के के खोज्दै हिडछु,
आफन्त को माझ मा परिचय खोज्दै हिडछु
भुलेर बजारभरिका हजार बैंश हरु
भुलेर बजारभरिका हजार बैंश हरु
म त आफूलाई हराइ आँफै खोज्दै हिडछु
कहिलेकाहीं बिर्सिएर आकाश खोज्दै हिडछु
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिडछु
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
तिनै भीड्मा जिन्दगीको आभास् खोज्दै हिडछु
स्वर - नारायण गोपाल



3. बाँच्न चाहने मान्छे /Bachna Chahane Maanchhe!

Music: Shanti Thatal
Singer: Pema Lama

हार लगाई हारहरुको बाँच्न चाहने मान्छे
संसार सित साइनो आफ्नै गाँस्न चाहने मान्छे
एक छेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे

आश अधुरो बास अधुरो यहाँ धेरै मधुमास अधुरो
कोपिलामै झरिगएको कहिँ कतै विश्वास अधुरो
थाह नपाई हराए कति यहाँ रातसितै सपनाहरु
खोजी हिंड्छन यहाँ धेरैले बाँच्न पर्ने बहानाहरु




4. बादलुको दरबारमा/Badalu ko Durbar Maa....

Music: Dhananjay Thapa
Singer: Surya Thulung

बादलुको दरबारमा पहाडको मेला
बन डाँडाले गाउँछ सँधै साँझ बिहान बेला
ओर्ली आकाश त्यहीँ खेल्छ नानारंगी खेला

आरु फूल लजाएको गोरेटो नै भरि
कुहिरोले सास फेर्छ मस्ति छरि छरि
छिल्लिएर घाम सँधै लुकामारी खेल्छ
नाची नाची सल्ला घारी यस्तै पोल खोल्छ
स्वर्गको आँगनमा पिरतीको मेला


 रानी हिमाल बेहुलीलाई चारै दिशा घेरी
हातेमालो खेल्छ क्षितिज रंग फेरी फेरी
बतासले मीठो मीठो कानेखुशी गर्छ
बिसौनालाई इन्द्रेणीले दुइटा कथा भन्छ
मायालु संसार यो घाम छायाँको मेला

5.हरर बरर ढ्वाङ् तानूँ सरर
जानू छ हामीलाई दार्जिलिङ सहर
ए है मन फरर
 हरर बरर ढ्वाङ् तानूँ सरर
यो बाटो हामीसँगै हिंड्छ मोटर
ए है बेनी बगर

तेलैमा खोज्नु दहमा दह एक सेर ए लै लै तोरीमा
बीसैमा वर्ष पुगेको हामी को खोज्छ जोरीमा
वारीमा डाँडा पारीमा डाँडा माझमा ए लै लै चट्टान
जोरीमा खोज्नु मन छैन आज हारेको नठान

सिल्गडीबाट डाक गाडी आयो एक झोला ए लै लै चिठी छ
किन पो होला यो मनभरि एक डोको प्रीती छ
ठहरा गास्नु चिटिक्कै पारी यही भर ए लै लै पातको
मायाको के को भरमा पो पर्नु यही मर्द जातको

6.  ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर
मैले बोकेकोछु मैले बाँधेको छु
निर्माया तिम्रै मायालाई
कम्मर पेटीमा हेर या कालकोटैमा हेर
मैले भिेरेको छु मैले खिलेको छु
निर्माया तिम्रै मायालाई


नदेख्नेलाई सुनाखरी कस्तो छ नि भन्नु
नसुन्नेलाई रानी चरी के हो के पो भन्नु
दिल बस्यो तिमीमा  बैंस खस्यो तिमीमा
भन मेरी दिलबरी अब को हो भन्नु
ए कालो चश्मामा हेर बटम फूलैमा हेर
मैले चोरेको छु मैले कोरेको छु
निर्माया तिम्रै मायालाई

झरी होस् या घाम छेल्ने यही कालो छाता
खोलिदिन्छु उकालीमा सँगै मनको पाखा
आँखा लड्यो तिमीमा पाउ अड्यो तिमीमा
थाह छैन कल्ले जोड्यो तिम्रो नाता
ए रातो रुमालमा हेर या आँखा छोपीमा हेर
मैले खोपेको छु मैले छोपेको छु
निर्माया तिम्रै मायालाई

7. कसैले सोधे
कसैले सोधे कुन हो  तिम्रो गाउँ
काधमा न्यानो जहाँ घाम लाग्छ
स्वर्गको छेउ जहाँ मन लाग्छ
म भन्छु हजुर यही हो मेरो देश

कुरा नलुकाई भन्न मन लाग्छ
आँखा छ हाम्रो आँखा छ हाम्रो
तर देख्छ अरुले
कलम छ हाम्रो कलम छ हाम्रो
तर लेख्छ अरुले
गाउँ छ हाम्रो गाउँ छ हाम्रो
तर बस्छ अरुनै
जीवन छ हाम्रो जीवन छ हाम्रो
तर खेल्छ अरुनै


बहिनी लाई खोजे नौगेडी  भरि
पुछेको उसको सिन्दुर भरि
दिदि लाई खोजे सिरबन्दी छ कि
त्यो रातो लाछा  केसमा छ कि
चार आनी भरि सुनको फुली
भाई टिका भरि आसिस चुली
आँखामा आसु मनमा बह
सयपत्री माला मायाको दह

भाईलाई खोजे पहिरो भरि
खोलाको फाटी भुमरी भरि
भेटेको निधार सलाम भरि
बारुदको जम्मै छड्याम्म भरि
दाजै लाई खोजे बाँसघारी भरि
सत्रु को सबै हातेर भरि
कठैबर नि देखिन मैले
पानीमा केहि लेखिन है

No comments:

Post a Comment