Monday, December 1, 2014

Norden Rumba


Norden Rumba (Nepali: ne:नर्देन रुम्बा, नोर्देन रुम्बा) is a renowned lyricist, poet and dramatist of Nepali music and literature.[1]

Brief Intro

Norden Rumba(नर्देन रुम्बा, नोर्देन रुम्बा) penned "Phul lai sodhen"(फूललाई सोधें) music composed by Karma Yonzon and sang by Aruna Lama, "Mera Sabai Raat Aba"(मेरा सबै रात अब) music composed by [2]Chandan Lomjel and sang by Narayan Gopal are much popular amongst his works[3].

He also wrote drama "Mrigatrishna"(मृगतृष्णा) directed by pratap subba. He was lyricist for the movie Bachana Chahane Haru(बाँच्न चाहनेहरु) music composed by Shanti Thatal, a movie directed by Pratap Subba.

Thursday, July 3, 2014

From Raja Puniani's FB status

बुधवारे बादलु साँझ.
 

जङ्गललाई चिर्दै दोब्रिएको सुकनाको बाटै-बाटो सँगै हिँड़ाउँदै मेरो घरको टेबलसम्म ल्याएँ उनलाई. किताबी पानाहरूमा चेप्टिएका उनका शब्दहरू भुइँमा पोखुँ-पोखुँ हुँदैथिए. 

सबैले (एकांशले साँच्चै भुलिएर र एकांशले भुलिएको षड़्यन्त्र गरेर) भुलिएको दार्जीलिङे कवि-गीतकार नोर्देन रुम्बा अहिले मेरो टेबलमा विश्रामरत छन्. कविको भौतिक अस्तित्व बिलिएर गएपनि कसरी उसका कविताहरूबाट बोलिरहेको, हेरिरहेको र बाँचिरहेको हुन्छ- त्यो सोच्दैछु. सन् २००६-मा वसुधा प्रकाशन, दार्जीलिङ-ले रूम्बाको मरणोप्रान्त छापेको किताबको खोलमा रूम्बाका बोलुँ-बोलुँ लाग्ने फर्साइला अनुहारहरू देख्दा लाग्यो- रूम्बा-लाई बिलाउनु दिनु हुँदैन.
 

आज बिहानमात्र कवि Manoj Bogati चिया खाँदै भन्दैथिए, "मैले नोर्देन रुम्बा ल्याएँ नि. आम्मामा, बोल्ड कवि रैछ नि हौ." मैले भनेँ, "साइड लगाइयो नि योजनाबद्ध तरिकामा." अकादमीय सिंडिकेटको चलाकी र स्थापनाको नियोजित उद्देश्यले ओझेल पारिएका सर्जकहरू रूम्बालगायत विकास गोतामे, जीवन थीङहरूमाथि केही मिहिन काम गरौँ भन्ने सामूहिक चिन्ता बोकेर मनोज कालेबुङ लागेको छ. म सुकनामै छु. सेतो, रातो, हरियो, नीलो, कालो नाट्यमखुण्डा लगाइएका कविछायाँहरू मेरो चेतनाको मैदानमा केही भन्दैछन् जस्तो मानसिक अवस्थामा म.
 

स्पष्टवादी, लोकप्रिय र निर्भयी सर्जक नोर्देन रूम्बालाई दार्जीलिङको कुनै प्रेसमा छापिएपछि नलगिएर अनाथिएर लड़िरहेको किताबी राशबाट उठाएर मसम्म ल्याइदिनुहुने प्रिय भाइ योगेश महिमा -लाई मैले निकै बेरसम्म हेरेँ. उनी चढ़ेको गाड़ी निक्कै जोड़ले हाँक्किएको छ-छ.

Tuesday, May 27, 2014

स्व. नर्देन रुम्बालाई हङकङका नेपालीहरुले सम्झना गरे

बज्र कुमार राई
२५ मे हङकङ,


हिमालयन टोन्स म्यूजिक एकाडेमी हङकङको आयोजनामा दार्जिलिङका सुप्रसिद्ध नेपाली कवी तथा गीतकार स्वर्गीय नरदेन रुम्बाको सम्झनामा जोर्डनस्थित दोहोरी साँझमा "नरदेन रुम्बा स्मृति साँझ"सम्पन्न भएको छ ।

Friday, May 23, 2014

नरदेन रुम्बा एउटा स्मरण - दिनेश सुब्बा, हङकङ


Dinesh Subba
समय बलवान हुन्छ नै तर समयसँगै चेतना र विचार पनि परिष्कृत हुँदै जाने रहेछ जुन  जित्नेहरुको लागि लेखिएको इतिहास भन्दा हराइरहेको अर्थात हराइएका पात्रहरु अन्वेषण कार्यमा त्यति नै बलवान हुने रहेछ । समय, स्थान, परिवेश र विचारलेमानिसलाई परिष्कार या त चेतनशील बनाउने क्रममा डायस्पोरिक चिन्तनमा परिवर्तन आउने रहेछ । हाम्रो हङकङ बसाइ अब दुई दशक पुग्न लाग्यो । हामी परिवर्तित छौं . हाम्रो मुद्दाहरु फरक धारका छन् । तथापी सयौं वर्ष देखि भोग्दै आएका भारतीय नेपालीले भोग्न परेको यथार्थ वस्तुगत भिन्नता भए ता पनि स्वअस्तित्वका संघर्षहरु नियाल्दा समान छन् । मूलत: भारतको दार्जिलिङ माटो बाट आफ्नो जातिको खातिर  आफ्नो पहिचान र अस्तित्वको लागि के कति पो लडेनन् होला वर्तमान साक्षी छ ।

Saturday, May 17, 2014

नोर्देन रुम्बा सम्झँदै लोमजेल

काठमाडौ, वैशाख २२ -

Chandan Lomjel
'यो मन नै जलिसकेपछि
मलाई आगो के धुँवा के

विश्वास नै चुँडिसकेपछि

मलाई आँधी के बतास के...'

दार्जिलिङको हाटझोडा घर भएका नरदेन रुम्बा 'मुड' उत्रनासाथ कागजको चिर्कटोमा लेख्न बसिहाल्थे । अनि शब्द-संगीतका जुझारु चन्दन लोमजेल, मणिकमल क्षेत्री, पुरन गिरी वा अरू कोहीका सामु उनी सुनाइहाल्थे । चन्दनकै संगीतमा नारायण गोपालले गाएको 'मेरा सबै रातहरू मातहरू भए' सँगै माथिको 'यो मन नै जलिसकेपछि' गीत पनि नरदेनले स्वर भर्न दिएका रहेछन् । 'नारायण गोपालले गाउने भैसक्नुभएको थियो तर त्यस्तै केही तालमेल मिलेन,' नरदेनले रोजेका नजिकका संगीतकार लोमजेल कान्तिपुरसँग भन्दै थिए ।

Thursday, May 15, 2014

शब्दसित साइनो गाँस्दै-५१ ,किरणकुमार राई


Kiran K. Rai

कवि नरदेन रूम्बा
“कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्यो लजालु आँखाले मलाई नछेकेको भए पनि हुन्थ्यो
यसै पनि रूखो छ जिन्दगी,
उसै पनि फिका जिन्दगी
त्यो मुस्कानको रङ्ग मलाई भए पनि हुन्थ्यो।”
उपर्युक्त हृदयस्पर्शी गीतका गीतकारसित भौतिकरूपमा साक्षात् हुने अवसर हामीले धेरैवर्षअघि गुमाइसकेका छौं।

किनारामा त नोर्देन रुम्बालाई पनि पारेका रहेछन् - मनोज बोगटी, दार्जिलिङ

Manoj Bogati
शान्त पोखरीमा अचानक हलचल मच्चिनेगरी रबिन राईले एउटा दुङ्गा हानिदिए। खासैमा हो भने भर्खरभर्खर मात्र विकास गोतामेका सम्पूर्ण कविता किताब खोजि निकालेँ र पढ्न थालेँ। लाग्यो, गोतामेलाई किनारामा पारिएको कारण तिनका राजनैतिक कविताहरू थिएछन्। तर गोतामेले आफ्नो समयलाई बेस्सरी लेखेका रहेछन्। अहिले साहित्यमा ‘समय लेखन’ एक डिस्कोर्सकोरुपमा अघि ल्याइनुपर्छ भन्ने मान्यतामा छु म।

Wednesday, May 14, 2014

नरदेन रुम्बाको बारेमा - रबिन राई


Rabin Rai
टिस्टाको बगरमा रगत धोएर
खुकुरी पखाल्यौं हामीले
साक्षी छ इतिहास यहाँको
के पखाल्यौं हामीले
......
बोल्न सक्छौ भने धुपीलाई सोधे हुन्छ
बोल्न सक्छौ भने  चियाबारी छ यहाँ
बोल्न सक्छौ भने  बाँसघारी छ यहाँ
सयपत्रीको माला लाएर लडाइँमा जाने हामी हौं
अरुमात्रै लडेन, लडाइँ लड्ने हामी हौँ
अब हामी लड्छौं त आफ्नै लडाइँ लड्छौं
अब हामी बढ्छौं त आफ्नै लागि बढ्छौं

उनले किन लेखे यस्तो? नलेखेको भए पनि त हुन्थ्यो ।

Saturday, May 10, 2014

Is it a poem?- Norden Rumba

Is it a poem?
---

Imagine a road leading to I don't know where
May be here or may be to eternity
Of which, I am just a pedestrian
Mountains glove superimpose and freeze
Something like it happens in cinema
Alot of people I meet
And a lot of people I forget
My eyes got blood shot
My heart fails
My head muddles
My feet tumbles and stumbles
But then still I stagger
To reach nowhere

Wednesday, May 7, 2014

Hong Kong Nepalese to commemorate Late Norden Rumba in May



Hong Kong has proven to be admirable venue for Nepalese literature and music in diaspora. Hong Kong Nepalese have already organized literature workshop with IB Rai and has held musical program with Amber Gurung.

Tuesday, May 6, 2014

हामीले आकाश मागेको होइनौँ - नरदेन रुम्बा

हामीले आकाश मागेका होइनौँ
हामीले वतास मागेका होइनौँ
थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको
हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको
हामीले त हाम्रो आँसु माग्यौँ,
बाबु-बाजेका करङ्ग र मासु माग्यौँ
सानो कुरा होइन यो (ठाउँ)
दार्जीलिङ दार्जीलिङ ।

वर्तमान भारतीय नेपाली कविताका स्वरहरू -डा. राजेन्द्र भण्डारी

1.लोकलयास्रितता

 भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले सम्पादन गरेको 'गोरखा - वंशावली' - मा यिनलाई रघुनाथ राई भनेका छन्।

Friday, May 2, 2014

शान्ति ठटाल, कर्म योञ्जन र चन्दन लोम्जेलः एक संस्मरण

अब पालो चन्दन दाइको थियो । उहाँले नारायणगोपालले गाउनु भएको नोर्देन रुम्बाले लेख्नु भएको र आफैँले कम्पोज गर्नुभएको 'मेरा सबै रात अब' भन्ने गीत लगायत 'के बोलुँ म' (शब्द कालीप्रसाद रिजाल) र 'यो मन नै जलिसकेपछि' (शब्द नोर्देन रुम्बा) आदि गीत सुनाउनु भयो । उहाँको त यहाँ तारिफ नगरिरहन सकिन्न । उहाँले जस्तो हार्मोनियम बजाएको हामीले अहिलेसम्म देखेका छैनौँ । हार्मोनियम प्रायः गीत गाउँदै त्यही नोटलाई नै बजाइन्छ । तर उहाँलाई गीत गाउँदै काउन्टर म्युजिक खेल्दै हार्मोनियम बजाउनु हुँदोरहेछ
 http://www.enasha.com/article.php?id=121