Tuesday, May 27, 2014

स्व. नर्देन रुम्बालाई हङकङका नेपालीहरुले सम्झना गरे

बज्र कुमार राई
२५ मे हङकङ,


हिमालयन टोन्स म्यूजिक एकाडेमी हङकङको आयोजनामा दार्जिलिङका सुप्रसिद्ध नेपाली कवी तथा गीतकार स्वर्गीय नरदेन रुम्बाको सम्झनामा जोर्डनस्थित दोहोरी साँझमा "नरदेन रुम्बा स्मृति साँझ"सम्पन्न भएको छ ।

संगितकार विक्रम गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा आयोजकको तर्फबाट वरिष्ठ  संगीतकार तथा समाजसेवी दिनेश सुब्बा र साहित्यकारको तर्फबाट चर्चित कवि तथा चाउचाउ साहित्य लेखनका प्रवर्तक हाङयुग अज्ञातलाई मञ्चमा आसन ग्रहण गराईएको थियो।

मञ्च आसीन व्यक्तित्वहरुलाई कवि तथा गायक कमल राई खोटाङ्गे र क्रियाशील नारी श्रीमति रेणुका राईले पुष्प गुच्छा र खादाले स्वागत,सम्म्मान गर्नु भएको थियो। मञ्चका त्रय वरिष्ठ  व्यक्तित्वहरु र उपस्थित बिभिन्न क्षेत्रका अतिथीहरुले स्वर्गीय रुम्बाको तस्वीरमा खादार्पण गर्नु भएको थियो । यसै क्रममा स्व.रुम्बाकी धर्मपत्नी श्रीमति साबी रुम्बाले पठाउनु भएको शुभकामना-पत्र र आयोजकले तयार गरेको श्रद्धा-पत्रलाई कार्यक्रम प्रस्तोता बज्रकुमार थुलुङ राईले अक्षरश : पढेर सार्वजनिक गरेका थिए। सो दुई पत्र मध्ये शुभकामना-पत्रलाई सभाध्यक्ष विक्रम गुरुङ्ले आयोजकलाई र आयोजकले  कञ्चनजंगा एसोसियशनका सचिव तथा समाजसेवी छेवाङ लामालाई प्रदान गर्नु भएको थियो।

विशेषत: कलाकार,संगीतकार र साहित्यकारको उलेख्य उपस्थिति संख्याले भरीभराउ कार्यक्रम हलमा बुद्धिजीवि, कवि, समिक्षक तथा आयोजक संस्थाका एक अभिन्न सदस्य रबिन राईले स्वागत मन्तव्यको क्रममा स्वर्गीय नरदेन रुम्बा कालजयी सर्जक भएको र आजसम्म पनि उहाँका जस्ता बुलन्द र शशक्त श्रृजनाहरु अरुले लेख्न नसकेको महशुश भएको कारणले स्व.रुम्बाको सम्झना गरिएको खुलासा गर्दै उपस्थित सबैलाई हार्दिक धन्यवादका साथ स्वागत छ भन्नु भयो।

आयोजक संस्थाका अध्यक्ष दिनेश सुब्बाले स्व.नरदेन रुम्बासँग दार्जीलिङ्गमा संगत गर्न पाएको क्षण स्मरण गर्दै उहाँ अत्यन्तै प्रखर र प्रभावशाली व्यक्तित्व हुनकासाथै  नेपाली भाषा-साहित्यको माध्यमबाट सिंगो समाजलाई सत्मार्गतिर डोर्याउने कुशल स्रष्टा,सचेतक र नेतृत्वदायी व्यक्तित्व हुनुहुन्थ्यो भन्नु भयो। स्व.रुम्बाका केही गीतहरुको आफूले संगीत भरेको कुरा पनि वरिष्ठ संगीतकार सुब्बाले बताउनु भएको थियो।

यसैगरी सभाध्यक्ष विक्रम गुरुङले स्वर्गीय नरदेन रुम्बा नेपाली मूलका कवि तथा गीतकार मात्रै नभएर अङग्रेजी भाषा-साहित्यको एक ज्ञाता र अनुवादक भएको कुरा पनि बताउनु भयो। एकचालिस बर्षको अल्पायूमै देहवसान हुनु भएको नरदेनले विश्व साहित्यको इतिहासमा विभिन्न देशका अङग्रेजी साहित्यकारहरुको कृतिलाई नेपालीमा अनुवादक गर्नु भएको वास्तविकता दर्साउँदै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो।

यसपछि सुचारु भएको अनौपचारिक कार्यक्रममा कवयत्री दीपा एवाई राई,कवि टोपबहादुर याक्खा राई,हाङयुग अज्ञात,समर गुरुङ,बज्रकुमार थुलुङ राई लगायतले स्व.नरदेनका जीवन्त कविताहरु पाठ गर्नु भएको थियो भने वरिष्ठ संगीतकार दिनेश सुब्बा, कृष्णभक्त महर्जन  यादब राई,रेडियो नेपालकी लोकप्रीय गायिका सरला गुरुङ,"पन" एल्बमकी सुमधुर स्वर कि धनी रोशा लिम्बु,कला चेम्जोङ,शारदा गुरुङ, पवित्रा राई,सोनाम महर्जन,स्थापित गायक ज्ञान सुब्बा,चन्दन लम्जेल,कमल राई खोटाङ्गे,विनोद मेक्खु, इन्द्र राई जस्ता प्रखर युवा गायक /गायिकाहरुले कवि तथा गीतकार स्व.रुम्बाका सब्द रचनामा संगीतवद्ध भएका  गीतहरु गाउनु भएको थियो।

फरक सोच र कोणबाट शुभारम्भ भएको उक्त कार्यक्रममा साब्लाबुङ साहित्यिक पत्रिकाका प्रकाशक तथा सम्पादक राजकुमार राई,पत्रकार किसन राई,कवि डी वि पालुङ्वा लगायत कलाकार,समाजसेवी र बुद्धिजीवि वर्गको उत्साहपूर्ण उपस्थिति थियो।
From:
http://www.hongkongnepali.com/2009-10-16-04-57-41/12118-2014-05-27-12-18-30.html#yvComment12118

No comments:

Post a Comment